समाज


काठमाडौँका ११० सहित उपत्यकामा थपिए १३४ कोरोना संक्रमित

काठमाडौँका ११० सहित उपत्यकामा थपिए १३४ कोरोना संक्रमित

नेपालखबर
साउन २७, २०७७ मंगलबार ११:२,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन्।

 मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १३४ कोरोना संक्रमित थपिएको बताए।

 प्रवक्ता गौतमले काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको बताए

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

याे पनि : नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।

याे पनि: थप १७१ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad