आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताएका हुन्।
सार्वजनिक भिडियोअनुसार सोमबार पत्रकार सम्मेलन भइरहेकै बेला उनका सुरक्षाकर्मीले उनलाई नजिकै आएर केही भनेपछि उनी पत्रकार सम्मेलन स्थलबाट बाहिरिएका थिए।
त्यसको ९ मिनेटपछि फेरि पत्रकार सम्मेलन स्थलमा फर्केर ट्रम्पले पत्रकारसँग भने,‘ह्वाइट हाउस बाहिर गोली चलेको चलेको थियो। अहिले स्थिति नियन्त्रणमा छ। तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लगिएको थियो। तर मलाई उसको अवस्थाबारे जानकारी छैन।’

उनले अमेरिकी सिक्रेट सर्भिसका मानिसले कुनै हतियारधारी सन्दिग्ध व्यक्तिलाई गोली हानेको बताए।
हाल गुप्तचर निकायले यस गोलीकाण्डको थप विवरण आउन बाँकी रहेको जनाएको छ। एजेन्सी
(भिडियो)

प्रतिक्रिया