उदयपुरको थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिकामा ८ र बेलका नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको बताए।
संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचार र दुई जना उनीहरुका परिवारका सदस्य रहेको र ६ जना एकै परिवारका रहेको प्रमुख सुवेदीले जनाकारी दिए।
उनले संक्रमितहरु स्थानीय नै रहेको र संक्रमितको सम्पर्क बाहिर रहेको व्यक्ति भएको बताए।
‘मालपोतका ६ र एकैपरिवार ६ सहित थप १५ जनामा कोरोना पुष्टि भएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रमुख सुवेदीले भने, ‘क्वारेन्टिन व्यवस्थित नगर्दा थप संक्रमणको जोखिम बढ्यो।’

प्रतिक्रिया