कला


आमिर खानको ‘लालसिंह चड्डा’ अर्को वर्षको क्रिसमसमा

आमिर खानको ‘लालसिंह चड्डा’ अर्को वर्षको क्रिसमसमा

नेपालखबर
साउन २७, २०७७ मंगलबार ६:५७,

 बलिउडका सुपरस्टार अभिनेता आमिर खानको नयाँ फिल्म ‘लालसिंह चड्डा’को प्रदर्शन मिति एक वर्षपछि सरेको छ।

कोरोना भाइरसको महामारीका कारण धेरैजसो फिल्मको रिलिज मिति सरिरहेका बेला आमिरको फिल्म पनि एक वर्षपछि धकेलिएको हो।

फिल्म समीक्षक तरण आदर्शले ‘लालसिंह चड्डा’ आगामी वर्षको क्रिसमसमा रिलिज हुने जानकारी दिएका छन्। यो फिल्म यसै वर्षको क्रिसमसको अवसरमा प्रदर्शन गर्नै तयारी भए पनि कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको हो।

उनले निर्माताहरुले फिल्म हलमै प्रदर्शन गर्न चाहेका कारण प्रदर्शनको मिति एक वर्षपछि सरेको जानकारी दिए।

 कोरोनाको महामारीसँगै सरकारले जारी गरेको लकडाउनपछि यो फिल्मको सुटिङ सुरु भएको थियो। यसका केही तस्बिरहरु सामाजिक सञ्जालमा समेत सार्वजनिक  भएका छन्।

अहिलेसम्म यो फिल्मको छायाँकन भारतका कोलकता, पञ्जाव, राजस्थान, गुजरात लगायतका स्थानमा गरिएको र अब विदेशमा गर्ने तयारी भइरहेको आमिरले जानकारी दिएका छन्।

यो फिल्म आमिरका साथमा करिना कपुर पनि मुख्य भूमिकामा छिन्। फिल्मको निर्देशन अद्वैत चन्दनले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .