समाज


डब्लूएचओले मान्यता नदिएको रुसको कोरोना खोप लगाउन फिलिपिन्सका राष्ट्रपति तयार

डब्लूएचओले मान्यता नदिएको रुसको कोरोना खोप लगाउन फिलिपिन्सका राष्ट्रपति तयार

नेपालखबर
साउन २७, २०७७ मंगलबार ७:१७,

रुसले कोरोना भाइरस ‘कोभिड १९’ को खोप आफूले बनाएको दाबी गरेको छ।

विश्वमा पहिलो कोरोना भाइरसको खोप बनाएको भन्दै रुसको प्रशंसा गर्दै डुटेर्तेले आफूले रुसले बनाएको कोरोनाको खोप लगाउने बताएको रोयटर्सले जनाएको छ।

समाचारका अनुसार रुसले फिलिपिन्सलाई कोरोना खोप उपलब्ध गराउने वाचा गरेको छ। फिलिपिन्समै रुसले बनाएको कोरोनाको खोप बनाउन सकिने पनि बताइएको छ।

सोमबार डुटेर्तेले भनेका छन्,‘म रुसका राष्ट्रपति पुटिनलाई यो भन्न चाहन्छु कि कोरोनाविरुद्धको लडाइँमा रुसको अनुसन्धानमा मेरो पुरा भरोसा छ। तयार हुन लागेको रुसको खोप मानवताको हितमा छ।’

विश्व स्वास्थ्य संगठन डब्लूएचओले रुसले बनाएको दाबी गरेको खोपमा शंका व्यक्त गरेको छ। हतारको कामले मावन स्वास्थ्यमा ठूलो असर गर्नसक्ने डब्लूएचओको भनाइ छ।

रुसले यसै महिनाबाट आफ्नो कोरोनाविरुद्धको खोपले देशमा मान्यता पाउने र यो प्रयोगका लागि सार्वजनिक हुने बताइरहेको छ।

हाल अमेरिका, चीन, बेलायतजस्ता देशहरु कोरोनाविरुद्धको खोप बनाउन लागि परेका छन्। यी देशहरुले आफूले चाँडै खोप उपलब्ध गराउने बताइरहँदा रुसले भने खोप बनाइसकेको दाबी गरेको छ। एजेन्सी

Doctor's Note: Are vaccine efforts against COVID-19 succeeding ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad