समाज


एउटै टोलमा १६ जनामा कोरोना देखिएपछि कोटेश्वरको असर्फी टोल सिल गरियो

एउटै टोलमा १६ जनामा कोरोना देखिएपछि कोटेश्वरको असर्फी टोल सिल गरियो

नेपालखबर
साउन २६, २०७७ सोमबार ९:४१,

एउटै टोलका १६ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोललाई सिल गरिएको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ का वडासदस्य राजेन्द्र न्यौपानेका अनुसार सो ठाउँलाई आइतबार रातिदेखि बन्द गरिएको हो।

‘सो क्षेत्रका १४० जनाको स्वाब परीक्षण गर्न पठाएका थियौं, तीमध्ये अहिलेसम्म ११० जनाको रिपोर्ट आउँदा १६ जनामा संक्रमित देखिएका छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘त्यसैले सो ठाउँलाई सिल गरिएको हो।’

Corona Koteshwar area seal 3

उनका अनुसार सो ठाउँमा मान्छेहरुलाई अत्यावश्यक कामका सुरक्षा बिधि अपनाएर मात्र बाहिर निस्कन भनिएको छ। पसलहरु खोल्न दिइएको छैन।

‘तर मान्छेहरु बाहिर निस्किरहनु भएको छ, हामीले सकेसम्म नियन्त्रण गर्न खोजेका छौं,’ उनले भने।

त्यसपछि वडा समितिले सो क्षेत्रमा माइकिङ गरेर सबैलाई सचेत रहन आग्रह गरेको छ।

उनका अनुसार कोटेश्वर चोकस्थित पुलिस चौकी पश्चिम जाने बाटोमा पर्ने सो टोललाई सिल गरिएको हो।

Corona Koteshwar area seal 2

याे पनि: 
उपत्यकामा कहाँ–कहाँ पुग्यो कोरोना संक्रमण (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad