नेपालकै नं.१ र ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले गर्मी मौसमलाई ध्यानमा राखि विभिन्न किसिमका आकर्षक एवं नयाँ मोडलका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ।
विभिन्न साईज र स्वरुपमा धेरै भन्दा धेरै प्रकारमा फ्यानहरु ल्याएको छ। जसमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, रिजार्जयबल फ्यान, अल पर्पोज फ्यान, एक्जस्ट फ्यान, टेबल र वाल फ्यान जस्ता रहेका छन्।
आफ्नो आवश्यकता अनुरुप छानी–छानी सहुलियत दरमा खरिद गर्न सक्ने सीजीले जनाएको छ। सीजीले अहिले सिलिङ फ्यानमा अकर्षक डिजाईन, धेरै टर्क मोटर र आरपीएम रहेको, फ्यान चलाउँदा विभिन्न किसिमका कलरहरु फाल्ने जस्ता विशेषताहरु रहेका छन्।
त्यस्तै स्ट्याण्ड फ्यानमा पाँच वटा सम्म ब्लेडहरु रहेको छ, जसको कारण धेरै भन्दा धेरै हावा प्रवाह गर्दछ। रिमोट पनि रहेकोले अब यि फ्यानहरु सजिलै चलाउन सकिनेछ। बत्ती गएको समयमा पनि चिसो हावा लिनको लागि सीजीले चार्ज गरेर चलाउन मिल्ने रिर्चाजेयबल फ्यानहरु समेत ल्याएको छ। होटल र अफिसमा सजिलै प्रयोग गर्न मिल्ने टेबल र वाल फयन ल्याएको छ।
कम्पनीका अनुसार तपाईंको किचेन भित्रको हावालाई बाहिर फाल्न एकजस्ट फ्यान रहेको छ। यसरी सीजीले विभिन्न प्रकारका फ्यानहरु उपलब्ध गराई तपाईंको जीवनशैली सहज बनाईदिएको छ।
त्यस्तै अर्को नेपालकै कुलरहरुमा वाईडिएस रेन्ज बन्न सफल सीजीका कुलरहरु १४ प्रकारमा ल्याएको छ, जसको कारण सजिलै आफ्नो बजेट र आवश्यकता अनुरुप छानि छानि घर ल्याउन सकिनेछ।
कुलरका प्रकारहरुमा डेजर्ट, विन्डोज, टावर र पर्सनल जस्ता रहेका छन्। यी कुलरहरुमा प्रायः सबैमा रिमोट पनि उपलब्ध गराएको छ। यसको मुख्य विशेषताहरु भनेको हनिकम प्याड, पावरपुल मोटर, आईस च्याम्बर, कार्बन फिल्टर, इनर्जी सेभिङ आदि जस्ता रहेका छन्।
हेर्दा निकै नै आकर्षक भएको कारण यि कुलरहरुले कोठाको समेत सोभा बढाउने छ। यस्ता यस्ता धेरै भन्दा धेरै विशेषताहरु भएकै कारण आज बजारमा सीजीको फ्यान र कुलरहरुको माग आकाशिएको कम्पनीको दाबी छ।

प्रतिक्रिया