बागलुङको बडिगाड गाउँपालिका-७ कि १७ वर्षीया गर्भवती किशोरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। सुत्केरी हुन नसकेपछि १७ वर्षीया लक्ष्मी गुरुङलाई हवाई उद्धार गरिएको हो।
सुत्केरी व्यथा लागेपछि गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो।
शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केपछि स्वास्थ्यचौकीले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो।
बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए। गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत उद्धार गरिएको हो।
गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सौगात कोइराला जानकारी दिए।
उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ। रासस

प्रतिक्रिया