ad ad

समाज


कोरोना संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु

कोरोना संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु

नेपालखबर
साउन २४, २०७७ शनिबार १३:३५,

कोरोना भाइरसको संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु भएको छ।

भारतीय डाक्टरको छाता संस्था इन्डियन मेडिकल एसोसिएसन (आइएएम) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कोरोना संक्रमणका कारण अहिलेसम्म १ सय ९६ डाक्टरले ज्यान गुमाइसकेको जानकारी दिएको हो।

आइएएमले पत्रमा लेखेको छ- ‘कोभिडका कारण डाक्टर संक्रमित हुने तथा मृत्यु हुने क्रम बढिरहेको छ। यसमा सामान्य चिकित्सक धेरै छन्। जनसंख्याको ठूलो हिस्साले रुघाखोकी एवं सम्बन्धित लक्षणबारे यिनीहरूसँगै सल्लाह लिन्छन्। सम्पर्क गर्ने पहिलो माध्यम नै ती चिकित्सक हुन्। अहिलेसम्म हामीले त्यस्ता १९६ चिकित्सक गुमाइसकेका छौं। सर, यहाँ के पनि उल्लेख गर्नु उपयुक्त हुन्छ भने कोरोनाले सरकारी र निजी क्षेत्र भनेर छुट्याउँदैन। आइएएमले देशभरिका ३ लाख ५० हजार डाक्टरको प्रतिनिधित्व गर्छ, जसले सस्तोमै स्वास्थ्य सेवा दिइरहेका छन्।’

यो भयावह स्थितिप्रति गम्भीर रूपमा ध्यान दिन प्रधानमन्त्री मोदीलाई आइएएमले अनुरोध गरेको छ।

यसैगरी अति जोखिममा रहेका डाक्टर र तिनका परिवारलाई पर्याप्त स्वास्थ्य सुविधाको सुनिश्चित गर्न पनि आइएएमले प्रधानमन्त्री माेदीसँग आग्रह गरेको छ।

‘एक डाक्टरको ज्यान बचाउनु भनेको हजारौं मानिसको ज्यान बचाउनु हो,’ आइएएमले पत्रमा लेखेको छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .