ad ad

समाज


संक्रमित बाहिर घुम्न थालेपछि पर्सामा यी धर्मशाला, विद्यालय र होटललाई आइसोलेसन सेन्टर बनाइँदै

संक्रमित बाहिर घुम्न थालेपछि पर्सामा यी धर्मशाला, विद्यालय र होटललाई आइसोलेसन सेन्टर बनाइँदै

नेपालखबर
साउन २४, २०७७ शनिबार २:४५,

पर्सामा कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा बस्न भनिएकामा बाहिर घुम्न थालेपछि धर्मशाला, विद्यालय र होटललाई आइसोलेसन सेन्टर बनाउने तयारी गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका अनुसार लक्षण नभएका संक्रमितलाई कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम स्थानीय प्रहरी र वडा समितिको निगरानीमा रहने गरी होम आइसोलेसनमा बस्ने सुविधा दिइएको थियो।

तर धेरैजसो ठाउँमा मापदण्ड पूरा नभएको र संक्रमित स्वयं पनि अनुशासित भएर घरमै नबसेर बाहिर निस्किन थालेकाले होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टरको मोडललाई जोड दिनुपर्ने देखिएको हो।

सोहीबमोजिम थप २ सय ८० बेड क्षमताका सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी गरिएको पर्सा जिल्ला संकट व्यवस्था केन्द्रले जानकारी दिएको छ।

शुक्रबार बसेको केन्द्रको बैठकले निम्न बमोजिमका स्थानमा सामुदायिक आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ : 

१. गोपाल मण्डली धर्मशालामा १११ बेड

२. सिद्धार्थ माविमा ६० बेड

३. होटल रानीपोखरीमा ५० बेड

४. रानी सती धर्मशालामा ६० बेड

पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रका अनुसार यसअघि २०० बेड क्षमताको कोभिड अस्पताल र त्यति नै क्षमताका सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनमा छन्।

केन्द्रको बैठकले वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने गरी वीरगन्ज महानगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने र उनीहरूलाई खटिएको अवस्थामा सरकारले तोकेबमोजिम जोखिम भत्ता तथा अन्य सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .