ad ad

समाज


रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालखबर
साउन २४, २०७७ शनिबार २:३३,

रुपन्देहीको रोहिणी ४ सीतागढमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

शुक्रबार राति परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको रुपन्देही प्रहरीले जनाएको छ। घटना राति साढे नौ बजेको हो।

दुर्घटनामा कार चाक रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी, रुपन्देहीकै कोटहीमाई गाउँपालिका ३ का २७ वर्षीय नौसाथ दर्जी र रुपन्देहीकै पञ्चगाभा गाउँपालिका घर भएका १२ वर्षीय बालक प्रदीप ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी खडगबहादुर खत्रीले जानकारी दिए। कार चौधरीले चलाएका थिए।

दुर्घटनामा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ३४ वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन्। ‘उनको मेडिकल कजले भैरहवामा उपचार भइरहेको छ,’ शनिबार बिहान डिएपी खत्रीले नेपालखबरसँग भने, ‘कार सडकबाट करिब १० मिटर तल खसेको छ।’

परासी भैरहवा सडक खण्डको हुलाकी राजमार्गमा कार दुर्घटना भएको हो। तीब्र गतिका कारण कार दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .