समाज


केरल विमान दुर्घटना अपडेटः दुवै पाइलटसहित कम्तीमा ११ को मृत्यु

केरल विमान दुर्घटना अपडेटः दुवै पाइलटसहित कम्तीमा ११ को मृत्यु

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १७:१२,

भारतको केरल राज्यमा भएको विमान दुर्घटनामा दुई पाइलटसहित कम्तीमा ११ जनाको ज्यान गएको छ।

दुबईबाट केरलका लागि आएको विमान अवतरणका क्रममा कोझिकोड विमानस्थलको धावनमार्गबाट उछिट्टिएको थियो।

विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारक थिए।

दुर्घटनामा ५० जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको अवस्था गम्भीर रहेको केरल प्रहरी प्रमुखले जनाएका छन्।

चार जना अझै विमानभित्रै अड्किएका छन्।

दुर्घटनास्थलबाट धेरैजसोको उद्दार भइसकेको जनाइएको छ। कम्तीमा ३५ जना घाइते भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad