ad ad

समाज


राम मन्दिरको शिलान्यास गर्दै मोदीले भनेः रामको अस्तित्व मेटाउने प्रयास भएको छ

राम मन्दिरको शिलान्यास गर्दै मोदीले भनेः रामको अस्तित्व मेटाउने प्रयास भएको छ

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:२८,

बीबीसीहिन्दीका अनुसार मोदीले मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै मन्दिरको शिलान्यास गरेका हुन्।

भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा हालेको बताइएको छ।

सो क्रममा मोदीले भगवान रामको अस्तित्व मेटाउने प्रयास भएको बताउँदै त्यस्ता कार्य कहिल्यै सफल नहुने बताए।

उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए।

मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए।

मोदीले श्रीलंकामा पनि रामायणको कथा चासोका साथ पढिने बताउँदै नेपाल र भारतबीचको सम्बन्ध भगवान रामकै कारण आत्मिय भएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .