ad ad

कारोबार


एनआईसी एशिया बैंककाे ‘लोन बेनिफिट क्याल्कुलेसन’ सार्वजनिक

एनआईसी एशिया बैंककाे ‘लोन बेनिफिट क्याल्कुलेसन’ सार्वजनिक

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:२४,

एनआईसी एशिया बैंकले बैंकिङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्याल्कुलेसन’बाट हेर्न सकिने व्यवस्था गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ अभ्यास गर्दै आएको बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहकहरूमाझ ल्याएको छ। वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता भइरहेको बैंकले जनाएको छ।

 समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको सेवाग्राहीहरूले यस बैंकको वेबसाइट मा गएर ‘लोक क्याल्कुलेसन’ मा गई वर्तमान अवस्थामा आफूले उपभोग गदै आएका कर्जाको तुलना बैंकले ल्याएको सुपर मत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिनेछ। सा ‘लो नबेनिफिट क्याल्कुलेसन’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिनेछ। र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिनेछ।

सहज तथा सरल बैंकिङ्गको अभ्यासमा जोड दिँदै आएको यस बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ। यसमा ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाइनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ। सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ। साथै, आवेदकको कर्जा स्वीकृतिको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकहरूले यस बैंकको वेबसाइटमा गई लोन स्ट्याटस समेत आफैँ ट्रयाक गर्न सकिनेछ,।

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहक महानुभावहरूमाझ ल्याएको छ। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकतालाई पहिचान गरी यस बैंकले सुपर चमत्कारिक घर कर्जा अन्तर्गत ‘फ्लेक्जिबल एएमआई’ मार्फत ग्र्राहकहरूले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने एएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जाहरूबारे ३४४८८ मा लोन टाइप गरी एस एम एस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिन्छ। ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .