समाज


फिल्टर राखिएकाे मास्क नलगाउन चेतावनी

फिल्टर राखिएकाे मास्क नलगाउन चेतावनी

नेपालखबर
साउन १९, २०७७ सोमबार १६:४७,

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन चेतावनी दिन थालिएको छ।

यसै क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई फिल्टरवाला मास्क नलगाउन चेतावनी दिएका छन्। किनभने फिल्टर राखिएकाे (माथि तस्बिरमा हेर्नुहोस्) मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने खतरा रहन्छ।

प्राध्यापक ब्रेट सटनले ट्विट गर्दै ‘त्यस्तो (फिल्टर राखिएको) मास्कले आफूमा भएको कोरोना भाइरस बाहिर फाल्ने बताएका छन्। उनले भनेका छन्, ‘त्यस्तो मास्कले तपाईं (लगाउने व्यक्ति) लाई त सुरक्षित राख्न सक्छ तर तपाईंलाई संक्रमण छ भने अर्काे व्यक्तिमा भाइरस जानबाट त्यसले रोक्दैन।’

फास्ट कम्पनीका अनुसार सुरुमा त्यस्तो मास्क कारखाना र कोइला खानीमा काम गर्दा लगाउने उद्देश्यले बनाइएको थियो।

त्यो मास्कमा फिल्टर राख्नुको अर्थ लगाउने व्यक्तिलाई सास फेर्न सजिलो होस् तथा लामो समयसम्म लगाउन सकियोस् अनि धुलो पनि छेकियोस् भनेर हो। तर त्यसले लगाउने व्यक्तिमा भाइरस छ भने बाहिर निस्किने र अरूलाई सार्ने विज्ञको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad