समाज


विश्व स्वास्थ्य संगठन भन्छ : कोरोनाविरुद्ध पक्का औषधि कहिले पत्ता नलाग्न पनि सक्छ!

विश्व स्वास्थ्य संगठन भन्छ : कोरोनाविरुद्ध पक्का औषधि कहिले पत्ता नलाग्न पनि सक्छ!

नेपालखबर
साउन १९, २०७७ सोमबार १६:२९,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध पक्का औषधि/उपचार कहिले पत्ता नलाग्ने सम्भावना पनि धेरै रहेकाे बताएकाे छ।  

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘कोरोनाविरुद्ध अहिलेसम्म कुनै सटिक र निश्चित उपचार उपलब्ध छैन र के पनि सम्भावना छ भने यसकाे सही उपचार कहिले पत्ता नलाग्न सक्छ।’

एक दिनअघि मात्र कोरोना महामारीको असर दशकौंसम्म पनि रहन सक्छ भनेको डब्लूएचओको फेरि यस्तो अभिव्यक्ति आएको हो।

अहिले विश्वभर कोरोनाविरुद्ध खोप निर्माण तथा परीक्षण भइरहेको छ तर अहिलेसम्म कुनै खोप बजारमा आइसकेको अवस्था छैन।

पछिल्लो महिना अक्सफोर्ड विश्वविद्यालयले घोषणा गरेको थियो कि उसले बनाएको खोप परीक्षण क्रममा सुरक्षित र प्रभावकारी देखिएको छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। अब उक्त खोपको आगामी परीक्षणमा झन्डै १० हजार मानिस सहभागी हुँदैछन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad