ad ad

समाज


कुटपिटबाट युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा

कुटपिटबाट युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा

नेपालखबर
साउन १८, २०७७ आइतबार ५:३०,

रुन्टिगढी गाउँपालिका–६, सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शनिबार राति लुटेको आरोपमा सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए।

अभियुक्त बस्नेतले रु पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए। इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटबाट घाइते बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले रेफर गरेपछि थप उपचारका लागि लैजाने क्रममा शनिबार मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .