मास्क प्रयोग नगरी हिँडडुल गर्ने तीन सय ३० जनालाई कारबाही गरेर तनहुँ प्रहरीले ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार राजश्व सङ्कलन भएको हो।
शनिबार एक सय, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार एक सय जनालाई कारवाही गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका हौँ।’
कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ।

प्रतिक्रिया