समाज


तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

नेपालखबर
साउन १८, २०७७ आइतबार ३:२१,

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।

१० वर्षीया अमिषा थापा चितुवको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला उनलाई चितुवाले आक्रमण गरेको हो। घाइते बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको वन अधिकृत प्रमुख केदार बरालले जानकारी दिए। बालिकाको घाँटीमा चोट लागेको छ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बस्दै आएकी ती बालिका सोही ठाउँको चन्द्रोदय माविमा कक्षा ३ मा अध्ययनरत छिन्। ‘रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ। राति चितुवालाई आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ,’ बरालले भने।

२०७४ फागुनयता चितुवाको आक्रमणमा परि तनहुँमा नौ बालबालिकाले ज्यान गुमाइसकेका छन्। पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका-४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए।

त्यसयता रोकिएको चितुवाको आक्रमण पुनः सुरु भएपछि स्थानीयवासी त्रसित भएका छन्।

चितुवाका आहारा प्रजातिका जनावर मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको विज्ञले बताएका छन्।

‘ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै आएका छन्,’ बरालले भने, ‘साँझको समयमा चितुवा आक्रामक हुने भएकाले त्यसबेला विशेष ध्यान पु¥याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad