समाज


वीरगञ्जमा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना पुष्टि

वीरगञ्जमा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना पुष्टि

नेपालखबर
साउन १८, २०७७ आइतबार ३:४४,

पर्सामा आइतबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको स्वाब परिक्षणमा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालाले जनाएको छ।

भेटिएका नयाँ संक्रमित ४३ जना वीरगञ्जका हुन्। अन्य दुईजना जना संक्रमित पर्साको प्रसौनी गाउँपालिका र निर्मलबस्तीका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

दुईदिन अघि कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर वीजय सरावगीको परिवारका दुईजना सदस्यसहित उनको सम्पर्कमा आएका ६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा सरावगीको परिवारका दुई सदस्यसहित वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका-४ विर्तास्थित कन्या माविको क्वारेन्टनबाट संकलन गरिएको १४९ जनाको स्वाब परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै मगनुस फर्माका ५ जना कर्मचारी, वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए।

 वीरगञ्जमा शनिबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ। अत्यधिक मात्रामा कोरोना संक्रमित फेला पर्नथालेपछि जिल्ला सुरक्षा समिति पर्साको बैठकले सोमबार बिहानदेखि जिल्ला भरि निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

 याे पनि बारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

याे पनि सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad