समाज


बारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

बारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

नेपालखबर
साउन १८, २०७७ आइतबार २:५९,

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आज (आइतबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेकाे छ।

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले आज बिहान ५ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्।

‘हामीले मानिसको आवतजावत र भिडभाड नहुने अपवादमा परेका केही गाउँपालिकाबाहेक अन्य सबै स्थानमा निषेधाज्ञा लागू गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी पण्डितले आइतबार बिहान नेपालखबरसँग भने।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार पर्सा र बारा दुइटा जिल्ला भए पनि एउटैजस्तो छ।

‘पर्साका ९० प्रतिशत मानिस बारामा जागिर गर्छन्,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘व्यापार व्यवसायका लागि पनि बाराका मानिस पर्सा जान्छन् भने पर्साका मानिस बारा आउँछन्, दुई जिल्लाबीच घनिष्ठ सम्बन्ध छ।’

जसले गर्दा पर्सामा फैलिएको संक्रमण बाराका लागि पनि उत्तिकै जोखिम कुरा हो। ‘साथै पर्साका लागि पनि कोरोना नियन्त्रणमा सहयोग पुगोस् भनेर बारामा निषेधाज्ञा जारी गरेका हौं,’ उनले भने।

बारामा निषेधाज्ञाबारे विस्तृत जानकारी याे विज्ञप्तिमा :

babiii

याे पनिसोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad