यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लाजियोका स्ट्राइकर किरो इम्मोबिलले इटालियन सिरी फुटबल लिगबाट गोल्डन बुट जितेका छन ।
उनले यस सिजनमा ३६ गोल गर्दै गोल्डन बुट जितेका हुन। रोनाल्डो उनीभन्दा ५ गोलले पछि रहे।
शनिबार भएको लिगको अन्तिम खेलमा इम्मोबिलले नापोलीविरुद्ध एक गोल गर्दै यस सिजनमा गोलसंख्या ३६ पुर्याएका थिए।
तर यूभेन्ट्सको अन्तिम खेलमा भने रोनाल्डोलाई आराम दिइएको थियो।
सिरी एमा इम्मोबिलले तेस्रो पटक गोल्डन बुट जितेका हुन। यसअघि २०१३–१४ मा २२ गोल र २०१७–१८ मा २९ गोल गर्दै उनले यो अवार्ड हात पारेका थिए।
यस्तै उनले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई २ गोलले पछि पार्दै यूरोपियन गोल्डन शु पनि जितेका छन। लेवान्डोस्कीले यस सिजनमा बुन्डेसलिगामा ३४ गोल गरेका थिए।
3
Shares

प्रतिक्रिया