समाज


कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक, के भने संगठन प्रमुखले?

कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक, के भने संगठन प्रमुखले?

नेपालखबर
साउन १८, २०७७ आइतबार २:६,

कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ।

बैठकपछि डब्लूएचओका प्रमुख (महानिर्देशक) डा. टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन्।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोसले भने, ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ। जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ। साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ।’

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad