चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले कीर्तिमानी १४औं पल्ट एफ कपको उपाधि उचालेको छ।
शनिबार राति भएको फाइनलमा चेल्सीमाथि पूनरागमन जित निकाल्दै आर्सनलले उपाधि जितेको हो।
आर्सनलको जितमा पिइरी इम्रिक अबामेयाङले दोहोरो गोल गरे।
खेलको पाँचौं मिनेटमा नै क्रिस्टियन पुलिसिकको गोलबाट चेल्सीले अग्रता लियो। तर पिइरी इम्रिक अबामेयाङले २८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
६८ औं मिनेटमा अबामेयाङले निकोलस पेपेको पासमा निर्णायक गोल गरे।

प्रतिक्रिया