समाज


सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

नेपालखबर
साउन १८, २०७७ आइतबार २:४,

सोमबारदेखि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाउने तयारी गरेको हो।

यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो। परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

पर्सामा गएको तीन सातामा कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भइसकेको छ। झण्डै तीन सय संक्रमति उपचारको क्रममा छन्।

बैठकपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

116240976 3162751607150807 5691923986620368547 o

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad