समाज


पूर्वसचिव एवं सहरी योजनाकार जोशीको निधन

पूर्वसचिव एवं सहरी योजनाकार जोशीको निधन

डा जीवगर जोशी


नेपालखबर
असार ३०, २०८३ मंगलबार १९:२८, काठमाडौँ

सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा.जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उन केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए। 

काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए।

सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निर्वाह गरेका उनी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध रहेर अध्यापनको काममा संलग्न थिए।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपालसहितका पुस्तक लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad