रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अबको दुई महिना अर्थात् आगामी अक्टोबरमा रुसी सरकारले सबै सर्वसाधारणलाई कोरोनाविरुद्ध खोप दिने तयारी गरिरहेको छ।
रुसका सञ्चारमाध्यमका अनुसार खोप सुरुमा डाक्टर र शिक्षकलाई दिइनेछ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले यही मनिाभित्र कोरोनाविरुद्ध खोपको अनुमपति प्राप्त गर्नेछ।
तर रुसले ज्यादै छिटो खोप बनाएकाप्रति धेरै विशेषज्ञ चिन्तित पनि भएका छन्। कारण खाेपकाे मापदण्ड र प्रक्रिया पूरा नगरी प्रयाेगमा ल्याउने हाे कि भनेर।
अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले शुक्रबार भने, ‘रुस तथा चीनले सर्वसाधारणलाई खोप दिनुपहिले सबै चरणको परीक्षण प्रक्रिया पूरा गर्नेछ भन्ने आशा गरेका छौं।’
यस्तै उनले अमेरिकाले यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कोरोनाविरुद्धको सुरक्षित र प्रमाणित खोप तयार गर्ने दाबी पनि गरे। उनले भने, ‘कोरोनाविरुद्ध खोपका लागि अमेरिकाले अर्काे कुनै देशको भर पर्नु पर्दैन भन्ने लागेको छ।’

प्रतिक्रिया