समाज


नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, चारै जना पर्साका

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, चारै जना पर्साका

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १०:५९,

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको बताए।

मृत्य हुनेमा पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुष रहेको छन्। उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो।

उनी मुटुको रोगी थिए। आईसीयू र भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो। मृत्युकोे समयमा उनको शरुीरमा अक्सिजनको मात्रा कमी हुँदै गएको थियो।

त्यस्तै पर्साकै अर्का संक्रमित वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ ७ बजेर ४० मिनेट जाँदा गण्डक अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको हो। उनमा साउन १५ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका २ का छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि बिहीबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

त्यस्तै पर्सा घर भइ हाल धसीखेल–५, ललितपुर बस्ने ६५ वर्षीय महिलाको शुक्रबार पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ। उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो। उनी मधुमेह र प्रेसरको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

याे पनि  :  नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए, १५१ निको भए

काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad