नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
विभागले शुक्रबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम गर्दै स्वर्ण पदक विजेता ८० जना खेलाडीलाइ सम्मान गरेको हो।
विभागले सागमा ४ वटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाइ २५ हजार रुपैयाँ प्रदान गरेको छ।
२ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङला १५ हजार रुपैयाँले सम्मान गरेको हो।
एउटा पदक जित्ने खेलाडीलाई भने १० हजार रुपैयाँ प्रदान गरेको छ।
सागको टिम इभेन्ट फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही १० हजार रुपैयाँले सम्मान गरेको हो।
सागमा रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ।

प्रतिक्रिया