इनफ इज इनफ अभियानका युवाहरु शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शान्तिपुर्ण आन्दोलनमा जानुअघि नै पक्राउ परे।
अभियानकर्ताहरु रन्जु दर्शना, आलोक सुवेदी, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीलाई बालुवाटारमा कार्यक्रम शुरु हुन अगावै पक्राउ गरिएको थियो।
पक्राउको कारण सोध्दा प्रहरीले ‘माथिको आदेश’मा पक्राउ गरेको भनेको रन्जु दर्शनाले जनाएकी छिन।
उनले ट्विटरमा लेखेकी छिन, ‘कारण सोध्दा माथिको आदेश रे! हैन, शान्तिपूर्ण रुपले उभिन, बोल्न नपाउने भइसकेको हो देश? कि नेकपाको आन्तरिक किचलोले हाम्रो बोल्ने अधिकार खासेको हो?
यस्तै पक्राउ परेका अर्का अभियानकर्ता आलोक सुबेदीले आफूहरुलाई नारायणगोपाल चोक चौकीमा राखिएको र अन्यलाई मालिगाउँ चौकीमा राखिएको जनाए।
सुवेदी र न्यौपानेले समेत खानापानी बिना अनसन घोषणा गरेका छन।
कोरोनाभाइरसको कुशल व्यवस्थापन गर्नुपर्ने भन्दै इनफ इज इनफका दुई अभियान्ताहरु विगत १२ दिनदेखि बसन्तपुरमा अनसनमा बसेका छन।
प्रतिक्रिया