प्रहरीले सुनसरीको नर्सिङ टप्पु गाउँपालिका–८ मा वेवारिसे अवस्थामा छोडेको मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जीन १ थान बरामद गरेको छ।
वेवारिसे अवस्थामा हतियार रहेको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी नर्सिङ टप्पुबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया