पीडित पक्षले काठमाडौंको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।
जिल्ला अदालत काठमाडौंले सो हत्या प्रकरणको अभियोग लागेका अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सन्जेल तथा दुई जना कर्मचारीलाई जनही ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि त्यसको विरोधमा पीडित पक्षले बिहीबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन्। त्यस क्रममा उनीहरुले विमलाको न्याय दिन माग गर्दैै नाराबाजी पनि गरेका थिए। हत्यारालाई उन्मुक्ति दिने गरी अदालतले गरेको सो फैसला मान्य नहुने भन्दै प्रर्दशनकारीहरुले आक्रोश पनि व्यक्त गरेका थिए।
अस्पतालकी कर्मचारी विमला असार ३ गते सो अस्पतालको रुममा मृत अवस्था भेटिएकी थिईन्। त्यस प्रकरणमा मुछिएका अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला र दुई जना अन्य कर्मचारीलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाइएको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सो मुद्दामा सञ्जेल पत्नी कला तथा दुई कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही ३ लाखका दरले धरौटी माग गरेको थियो।

प्रतिक्रिया