समाज


 ‘ज्येष्ठ नागरिकको पालनपोषणका लागि छुट्टै संवैधानिक आयोग बनाउ’

  ‘ज्येष्ठ नागरिकको पालनपोषणका लागि छुट्टै संवैधानिक आयोग बनाउ’

नेपालखबर
साउन २, २०७६ बिहिबार १३:२५,

राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकहरुको पालनपोषणको जिम्मवारी लिन सरकारलाई सचेत गराएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकहरुको पालनपोषणको उचित व्यवस्था गर्ने दायित्वबोध गर्न सरकारलाई सचेत गराएका हुन्। उनले छोराछोरीलाई मात्रै ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी लिने गरी ‘ज्येष्ठ नागरिक सम्बन्धि कानुन’ निर्माण गर्न सरकार लागि परेको उल्लेख गर्दै असन्तुष्टि पनि जनाए।

अध्यक्ष शर्माले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने दायित्व राज्यको हुने संविधानमै व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराए। बिहीबार आयोग आफैले ज्येष्ठ नागरिकको सम्बन्धमा सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकको उचित पालनपोषणका लागि राज्यले छुट्टै संवैधानिक आयोग बनाउनुपर्ने तर्क पनि गरे।

अध्यक्ष शर्माले सरकारले ऐन, कानुन बनाउने तर त्यसको उचित ढंगले कार्यान्वयन नगराउने काम हुने गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनानए। उनले ज्येष्ठ नागरिकलाई परिवारबाट अलग हुने गरी कानुन बनाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad