ad ad

समाज


आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

नेपालखबर
साउन १२, २०७७ सोमबार ३:२०,

मोरङको विराटनगर महानगरपालिकाले आज (सोमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो।

नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ।

बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ।

प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो।

116018186 4283485151723140 6511208873516893550 o

यसैबीच कोरोना संक्रमण समुदायमा फैलिएपछि विगत तीन दिनदेखि पर्साको विरगञ्जमा निशेधाज्ञा लागू गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .