ad ad

राजनीति


गृहमन्त्री थापा भन्छन् : यसकारण नेपालमा बाढीपहिरोले बढी जनधन क्षति भइरहेको हाे (भिडियो)

गृहमन्त्री थापा भन्छन् : यसकारण नेपालमा बाढीपहिरोले बढी जनधन क्षति भइरहेको हाे (भिडियो)

नेपालखबर
साउन १२, २०७७ सोमबार ३:३५,

खासगरी मनसुन लागेयता देशभर बाढी, पहिरो र डुबानबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ। केही दिन कम भएको वर्षा आज (सोमबार) देखि फेरि तीन-चार दिनसम्म बढ्ने सम्भावनाले फेरि जनधनको क्षति हुने सन्त्रास छाएको छ।

याे पनि: साउन १६ सम्म ठूलो वर्षाको सम्भावना, कहाँ-कहाँ होला बाढीको धेरै खतरा?

यसबाट बच्न तथा सकेसम्म क्षति कम होस् भन्ने हेतुले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना नै निर्माण गरेको छ। बेला बेला बैठक राखेर यसबारे छलफल गर्ने तथा योजना अध्यावधिक गर्ने काम पनि गरेको छ।

याे पनिसरकारको आकलन: साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने, बाढीपहिरो पनि व्यापक हुने

यसै क्रममा गत शुक्रबार प्राधिकरणको बैठक सम्पन्न भएको छ। त्यस बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बाढी, पहिरोजस्ता प्राकृतिक विपद् रोक्न नसकिए पनि नेपालमा यसबाट बढी जनधनको क्षति हुनोको प्रमुख कारण गलत विकास नीति रहेको बताए।

अहिले बाढीपहिरोबाट बढी मात्रामा जनधनको क्षति अवैज्ञानिक र अव्यवस्थित बसोबास क्षेत्रमा भइरहेको उनले बताए।

‘विकास नीति परिवर्तन गर्न जरुरी छ, हामीकहाँ विकासको डोजर नीति छ,’ उनले भनेका छन्, ‘हाम्रा इन्जिनियर त डोजर ड्राइभर!’

यस क्रममा उनले बाढीपहिराेबाट पीडित परिवारकाे उद्धार र पुनर्स्थापनाकाे पनि कुरा गरेका छन्।

उनले केही दिनअघि राखेको यो विचार अहिले पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिएको हो।
हेर्नुहोस्, यो भिडियो : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .