समाज


बस र पिकअप भ्यान ठोक्किँदा २ को मृत्यु, २७ घाइते

बस र पिकअप भ्यान ठोक्किँदा २ को मृत्यु, २७ घाइते

नेपालखबर
साउन २, २०७६ बिहिबार ८:४०,

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिबिर डाँडामा बस र पिकअप भ्यान एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्। 

घटनामा परी २७ जना घाइते छन्।

कानेपोखरी गाउँपालिका–३ पिङडाँडा हरकपुरबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नं को मिनिबसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ५३९१ नं को पिकअप भ्यानलाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो।

घटनामा नाम ठेगाना नखुलेका अन्दाजी ३०।३५ वर्षका पुरूषको घटनास्थलमानै मृत्य भएको थियो भने गम्भीर घाइते मिनीबसका सहचालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टिकाराम थापाको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जना पथरी मोरङ डाईनास्टिक, ७ जना नोबेल र ५ जना न्यूरो अस्पतालमा उपचार भईरहेको जनाइएको छ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad