नेपाल पर्यटन बोर्डले बेलायतको राजधानी लण्डनमा ५० रुटमा चल्ने बसमा नेपालको पर्यटन प्रवर्द्धन सुरु गरेको छ। बोर्डले जुलाई १६ देखि यसरी नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल फर लाइफटाइम एक्सपिरियन्स’ ब्रान्डको प्रचार थालेको जनाएको छ।
बोर्डका अनुसार यो कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ।

लन्डनका विशेष स्थानहरु पार्लियामेन्ट स्क्वायर, वेष्टमिनिस्टर, ट्राफाल्गार स्क्वायर, केसिंगटन हाई स्ट्रिट, अक्सफोर्ड स्ट्रिट र सेन्ट पल स्ट्रिटमा नेपालको प्रवद्र्धन गर्ने ब्रान्डको प्रचार सुरु गरेको हो।
यो ब्रान्डको प्रचार लन्डनका ४५ लाख मानिससम्म पुग्ने बोर्डले जनाएको छ।

3
Shares

प्रतिक्रिया