समाज


एक पुरुष संक्रमित भेटिएपछि इनरुवामा पुनः लकडाउन

एक पुरुष संक्रमित भेटिएपछि इनरुवामा पुनः लकडाउन

नेपालखबर
साउन १०, २०७७ शनिबार ११:५६,

सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरे पनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य संघ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा शनिबारदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए।

पीसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ पूर्णरूपले लकडाउन गरिएको हो।

शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।

लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ। इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ।

परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र टे«सिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ। विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण देखापरेको थियो। उनले घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर तथा बजारको विभिन्न पसलमा पुगेर सामानसमेत किनमेल गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad