नेपालमा पछिल्ले २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित उपचारपछि निको भइ घर फर्केका छन्।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले १०६ जना संक्रमित निको भएर घर फर्केको बताए।
योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।
निको हुनेको प्रतिशत ७०.६ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया