अमेरिकी जेट विमान इरानको यात्रुवाहक विमान नजिक उड्दा इरानको जेटलाइनर विमानले आफ्नो मार्ग नै परिवर्तन गर्नु परेको थियो।
सो क्रममा विमान भित्रका केही मानिसहरु विमान अनियन्त्रित हुँदा लडेर घाइते समेत भएका छन्। एक व्यक्तिको शिरमा चोट लागेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा अमेरिकी विमानले अवरोध सिर्जना गर्दा मानिसहरु डराएर चिच्याएको आवाज पनि सुनिएको छ।
बिहीबार अमेरिकाले आफ्नो एफ–१५ जेटले इरानको जेटलाइनर विमानको नजिक उडेको स्वीकार गरेपनि आफूले विमानलाई अवरोध सिर्जना नगरेको भएर उक्त विमानको निरीक्षण मात्र गरेको बताएको छ।
अमेरिकाले इराक र जोर्डनमो सिमानामा रहेको सिरियास्थित अल–तन्फ अमेरिकी सैन्य क्याम्पको लागि खतरा भए नभएको बुझ्न मात्र युद्धक विमान इरानी विमान नजिक उडाएको बताएको छ।
अमेरिकाले नियमित अभ्यासका क्रममा इरानी विमान नजिक अमेरिकी विमान गएको पनि बताएको छ।
तर इरानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकी कार्यको आलोचना गर्दै यस विषयमा छलफल हुनुपर्ने माग गरेको छ।
गत जनवरीमा अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीचको विवाद थप चुलिएको छ। एजेन्सी
(भिडियो)

प्रतिक्रिया