समाज


युवतीलाई तेजाब छ्यापेर भाग्ने २ जना राति नै पक्राउ, यस्तो छ उनीहरूको बयान

युवतीलाई तेजाब छ्यापेर भाग्ने २ जना राति नै पक्राउ, यस्तो छ उनीहरूको बयान

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ०:४८,

काठमाडौंको नागार्जुन नगरपालिका-४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो।

उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएकाे रिसमा एसिड छ्यापेकाे उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले काेठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको पाइएको एसएसपी थापाले नेपालखबरलाई जानकारी दिए। 

पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन्।

बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापिएको थियो।

प्रहरीका अनुसार उनको गालामा एसिड लागेको छ। उनको अवस्था सामान्य नै छ।

पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन्।

घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हाे। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।

याे पनि: 

आक्रमणकारी युवकको बयानः आफैंलाई पोलेपछि मात्रै थाहा पाएँ, एसिड पाे रहेछ! (भिडियो)

काठमाडौंमा युवतीमाथि एसिड प्रहार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad