काठमाडौंको नागार्जुन नगरपालिका-४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने युवकले रक्सी भनेर छ्याप्दा एसिड परेको बयान दिएका छन्।
ओखलढुंगाकी २२ वर्षीया युवतीलाई बिहीबार राति एसिड छ्यापेका भारतका मुन्ना महमदले प्रहरीसमक्ष उक्त बयान दिएका हुन्।
घटनाको दुई घण्टामै उनी र रौतहट लक्ष्मीपुरका मोहमद आलमलाई प्रहरीले पक्राउ गरेको हो।
भारतीय नागरिक मुन्नाले रौतहट लक्ष्मीपुरका मोहमद आफ्नो साहु भएको बताएका छन्। उनैले रक्सीको बोतलमा दिएको चिज रक्सी ठानेर युवतीलाई छ्याप्दा तेजाब परेको दाबी गरेका छन्।
उनले प्रहरीसमक्ष आफ्नै भाषामा यसो भनेका छन् : मलाई साहुले दियो। रक्सीको बोतलमा दियो। छ्याप भन्यो। म त पढेलेखेको छैन। रक्सी होला भनेर छ्यापें। तर यसो हेर्दा यसरी पोल्यो। त्यसपछि मात्रै थाहा भयो, एसिड रहेछ। त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखाना लगे। ’
याे भिडियाेमा सुनाैँ उनकाे बयान :
याे पनि : युवतीलाई तेजाब छ्यापेर भाग्ने २ जना राति नै पक्राउ, यस्तो छ उनीहरूको बयान

प्रतिक्रिया