समाज


सिमसारका लागि खनिएको पोखरीमा डुबेर झापामा तीन बालकको मृत्यु

सिमसारका लागि खनिएको पोखरीमा डुबेर झापामा तीन बालकको मृत्यु

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ०:४०,

झापामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका २ स्थित कमलधापका तीन बालकको सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङ, कमला थामीका छोरा १४ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी छन्।

पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले बालकहरुको मृत्यु भएको आरोप पीडित पक्षले लगाएका छन्। एकै गाउँका तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।

झापाका प्रहरी प्रवक्ता डीएसपी थापाका अनुसार बुधबार दिउँसो पोखरीमा माछा मार्न तथा पौडी खेल्न जाँदा बालकहरु पोखरीमा डुबेका हुन्।

घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा तीनैजना बालकको शव फेला परेको थियो।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो। निर्माण कम्पनी आर.एन्ड.सी. नयाँ युग जेभीले चार करोड ३८ लाख रुपियाँमा पोखरी निर्माणको ठेक्का लिएको थियो।

ठेकेदारको लापरबाहीको कारण बालकहरुको मृत्यु भएको भन्दै आफन्तले दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad