छापा खबर


मन्त्रिमण्डल हेरफेरको तयारी, को-को बन्दैछन् मन्त्री?

मन्त्रिमण्डल हेरफेरको तयारी, को-को बन्दैछन् मन्त्री?

नेपालखबर
साउन ८, २०७७ बिहिबार २३:५९,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टी भित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा दुई बर्षदेखि मन्त्रीरहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने सहमति ओलीले अध्यक्ष प्रचण्डसँग गरेका छन्।

पूर्व माओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु साह लगायत मन्त्री बन्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad