समाज


नदीले बगाएर ल्याएको अवस्थामा चितवनमा पाँच शव फेला, चार शवको सनाखत हुन बाँकी

नदीले बगाएर ल्याएको अवस्थामा चितवनमा पाँच शव फेला, चार शवको सनाखत हुन बाँकी

नेपालखबर
साउन ८, २०७७ बिहिबार २:२६,

चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्।

भरतपुर महानगरपालिका-१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ। तीमध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए। ती शव सडेको अवस्थामा फेला परेका हुन्।

त्यस्तै भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ। मंगलबारदेखि उनी बेपत्ता भएका थिए। वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा उनको शव भेटिएको हो।

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ। त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए। एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन।

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले निकालेर शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। शवको मुजुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad