समाज


विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिँदा तीव्र गतिको बस पल्टियो, २४ जना घाइते

विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिँदा तीव्र गतिको बस पल्टियो, २४ जना घाइते

नेपालखबर
असार १६, २०८३ मंगलबार ११:४९, काठमाडौँ

कपिलवस्तुमा गएराति बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको बस दुर्घटनामा परेको हो। 

शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा बस चालक कैलाली धनगढी उपमहानगरपालिका १३ गेटा बस्ने ४२ वर्षीय हरीसिंह महरा पनि घाइते भएका छन्। उनी प्रहरी नियन्त्रणमा छन्।

दुर्घटनामा बैतडीको सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, जिल्ला कैलाली गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, जिल्ला डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, जिल्ला बैतडी पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन बिष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर बिष्ट पनि घाइते भएका छन्। 

त्यसैगरी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, जिल्ला चितवन भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, जिल्ला डडेलधुरा गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा जिल्ला डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा पनि घाइते भएका प्रहरीले जनाएको छ। 

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये केहीलाई बढी चोट लागेको छ। सबै घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

बसमा चालकसहित ४६ जना सवार थियो। सामान्य अवस्थाका २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ। प्रारम्भिक अनुसन्धानमा विपरीत दिशाबाट आएको ट्रकलाई जोगाउने क्रममा तीव्र गतिमा रहेको बस सडकको डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनापछि बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएर उपचार गराइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad