पछिल्लो ६ घण्टाको मापनले काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको देखाएको छ।
जसले गर्दा उपत्यकाका सबैजसो नदीका बाढी बस्तीमा पस्ने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले १०–१५ मिनेनअघि मात्र ट्विटरमार्फत दिएको सूचनाअनुसार मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा बाढीले खतरा तह आसपास पुगेको छ। तसर्थ नदी/नालाको पानी सडक र बस्तीसम्म आउन सक्छ, बेलुकासम्मै उच्च सतर्क रहन अनुरोध गरिएको छ।
श्रावण ६, १० बजे#अलर्ट
पछिल्लो ६ घण्टा का.#उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन, #मनोहरा,#हुनमन्ते,#नख्खु लगायत ललितपुर र भक्तपुर भई बहने प्राय सबै नदीमा बहाव खतरा #आसपास छ,नदी/नालाको पानी सडक र बस्ती सम्म आउनसक्छ, बेलुका सम्मै उच्च सतर्क रहौ
चित्र :मनोहरा बालकुमारीको जलसतह pic.twitter.com/WPLavrZAhs

प्रतिक्रिया