समाज


पहिरोको जोखिम बढेपछि सिलिचोङका ७ परिवारले घर छाडे

पहिरोको जोखिम बढेपछि सिलिचोङका ७ परिवारले घर छाडे

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८३ मंगलबार ६:३८, संखुवासभा

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा लगातारको वर्षापछि आएको बाढी पहिरोले ७ घर विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरू विस्थापित भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तेन्छोङबाट ७ घरपरिवार विस्थापित भएको खबर प्राप्त भएको जानकारी दिए।

तेन्छोङका कुन्ती राईको ५ जनाको परिवार, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको ६ जनाको परिवार, सुकप्रसाद राईको ४ जनाको परिवार, मिरा राईको ५ जनाको परिवार, धनमान राईको ३ जनाको परिवार र अरुण सङ्गम राईको परिवार विस्थापित भएको उनले बताए।

विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक(सई) अनिल भुजेलको कमान्डमा १० जनाको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

यसैबीच सिलिचोङ गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

यस्तै, बाढी–पहिरोका कारण सिलिचोङ क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवासमेत अवरुद्ध भएको छ। बाढीपहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad