समाज


३५ आइफोन बरामद, प्रहरीले खुलाएन मोडल

३५ आइफोन बरामद, प्रहरीले खुलाएन मोडल

नेपालखबर
असार १६, २०८३ मंगलबार १०:३४, काठमाडौँ

नेपालमा आइफोनको प्रयोग तीब्र रूपमा बढिरहँदा  रुपन्देही प्रहरीले करिब रु २० लाख ५० हजार बराबरको आइफोन बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा  आइफोन फेला पारी बरामद गरेको हो। नेपाली समाजमा आइफोन एउटा स्टाटस सिम्बोल हो भने बजारको एउटा ट्रन्ड पनि हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार प्रहरीले ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। कुन कुन मोडलका आइफोन बरामद भएका हुन् भन्नेबारे प्रहरीले केही बताएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad