ad ad

समाज


साउदी अरबका राजा अस्पताल भर्ना

साउदी अरबका राजा अस्पताल भर्ना

नेपालखबर
साउन ५, २०७७ सोमबार ७:२३,

८४ वर्षका राजा सलमान बिन अब्दुलजिज अल साउद राजधानी रियादस्थित फैसल स्पेसलिस्ट हस्पिटलमा भर्ना भएको बीबीसीले जनाएको छ।

पित्ताशय सुन्निएर दुख्न थालेपछि मेडिकल चेकअपको लागि उनलाई अस्पताल लगिएको बताइएको छ।

सलमान विश्वकै सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन्। सन् २०१५ यता साउदी र अमेरिका निकै नजिकिएका छन्।

सलमानले ५० वर्षसम्म रियादको गभर्नरको रुपमा काम गरेका छन्। उनका ३४ वर्षका छोरा राजकुमार मोहम्मद बिन सलमान हाल साउदीको असल शासक मानिन्छन्।

मोहम्मद बिन सलमानले गरेको सुधारको कामको विश्वभर प्रशंसा गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .